Friday, 27, November, 2020 info@saipalnews.com

तीन दिन जोर कि विजोर गाडी मात्र चल्ने, कुन दिन जोर कुन दिन विजोर ?

काठमाडौं । बिमस्टेक सम्मेलनका दौरान १३, १४ र १५ भदौमा उपत्यकाका सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागू गरिने भएको छ ।

१३ र १५ गते सवारी साधनको नम्बरको अन्तिममा बिजोर भएका सवारी साधन तथा १४ गते जोर नम्बर भएका सवारीसाधन सञ्चालन हुनेछन् ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिहरुको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन जोर–विजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बिमस्टेक सम्मेलनमा आकस्मिक बाहेकका सबै सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ। एम्बुलेन्स, दमकल, अस्पताल, सञ्चार, पर्यटक बोकेका सवारीसाधनबाहेक अरूका हकमा जोर–बिजोर प्रणाली लागू हुनेछ । काठमाडौं उपत्यकामा हाल आठ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् ।