Wednesday, 28, October, 2020 info@saipalnews.com

एसिया कप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल र ओमान भिड्दै

काठमाडौ । एसिया कप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल र ओमानविरुद्धको खेल जारी छ ।

आजबाट सुरु भएको छनोटको पहिलो खेलमा टस हारेको नेपालले पहिले ब्याटिङ गर्ने मौका पाएको छ । मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरिरहेको छ । ओमानविरुद्ध मैदानमा उत्रेसँगै नेपाल जित निकाल्ने योजनामा देखिन्छ ।

नेपालको लक्ष्य उच्च स्कोर बनाउनु हुनेछ ।पहिलो जित दुवै टोलीको लागि उत्तिकै महत्वपूर्ण रहेको छ । यस्तोमा दुवै टोली जितका लागि सबै हतियार प्रयोग गर्न चाहन्छ ।

एकदिवसीय क्रिकेटमा ६ पटक भिडेपनि नेपालले पछिल्लो पाँच बर्षयता ओमानलाई हराउन सकेको छैन । तर, ६ भेटमा नेपाल र ओमानले समान ३÷३ पटक जित निकालेका छन् ।