Tuesday, 20, October, 2020 info@saipalnews.com

कोहलपुरमा पाँच वर्षीया बालिका बलात्कृत, बलात्कारी भारतीय पक्राउ

बाँके । बालिका बलात्कारको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

कोहलपुर नगरपालिका–३ मैटहवाकी ५ वर्षका बालिकालाई बलात्कार गरेको आरोपमा भारतको उत्तर प्रदेश घर भई हाल कोहलपुर–४ बस्ने उनकै काका नाता लाग्ने १९ वर्षका हरुण खाँनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्याल कोहलपुरका प्रहरी निरिक्षक मान बहादुर विसीले जानकारी दिनुभयो ।

खाँनले बालिकालाई हिजो दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना घटेपनि प्रहरीमा भने जाहेरी दर्ता गरिएको छैन । बलात्कारका आरोपी खाँनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको कोहलपुर इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।