Saturday, 26, September, 2020 info@saipalnews.com

११ वर्षका बालिकाको शंकास्पद मृत्यु, हत्या आरोपमा एक जना पक्राउ

भोजपुर । भोजपुरमा बालिका हत्याको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

साल्पासिलिछो गाउँपालिका–५ सालेवाका ११ वर्षका रचना राईको हत्याको आरोपमा मामा पर्ने सञ्जय राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरेको छ ।

पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दिंलाका इन्सपेक्टर सञ्जिप ओलीले बताउनुभयो ।