Sunday, 06, December, 2020 info@saipalnews.com

घाइतेको उपचार अब निजी अस्पतालमा गर्न नपाइने

काठमाडौ । जिल्लामा सवारी दुर्घटना हुँदा घाइते भएकालाई अब अनिवार्य रुपमा सरकारी अस्पताल लैजानुपर्ने भएको छ।

घाइतेलाई निजी अस्पताल र मेडिकल कलेजमा मात्र लैजाने प्रचलन बसेपछि जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिले यो नियम लागू गरेको हो। समितिको बैठकले दुर्घटनामा घाइतेहरुलई सर्वप्रथम सरकारी भरतपुर अस्पतालमा अनिवार्य पु¥याउनपर्ने निर्णय गरेको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

भरतपुर अस्पतालले उपचार गर्न नसक्ने बिरामीलाई मात्र उसले रेफर गरेको अन्य अस्पतालमा लैजान पाइने उनले बताए। यसअघि एम्बुलेन्स सञ्चालक, प्रहरी, सवारी चालकलगायतले घाइतेलाई निजी अस्पतालमा लैजान दबाब दिने गरेको गुनासो बढेपछि समितिले यस्तो निर्णय गरेको छ।

घाइतेको उपचारमा देखिएको विसंगति र विकृति हटाउन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतको भनाइ छ। नागरिक दैनिकमा खबर छ।