Tuesday, 22, September, 2020 info@saipalnews.com

एसिया कप क्रिकेट छनोटको दोस्रो खेल जारी

काठमाडौ । एसिया कप क्रिकेट छनोटको दोस्रो खेलमा नेपाल र युएईबीचको खेल चलिरहेको छ ।

टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गर्दै युएईलाई ब्याटिङका लागि निम्तो दिएको छ । किनरारा ओभलको मैदानमा जारी आजको दोस्रो खेलबाट एसिया कपमा छनोट हुने सम्भावना जीवित राख्न नेपालले युएईविरुद्धको खेल जित्न अत्यावश्यक छ ।

यसअघि हिजो ओमान विरुद्धको खेलमा नेपाल ७ विकेटले पराजीत भएको थियो । ६ राष्ट्र सम्मलित छनोटको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् र विजेताले एसिया कपमा स्थान सुनिश्चित गर्नेछ ।युएईविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन ।

पहिलो खेलमा सिंगापुरलाई २१५ रनले हराएको युएई उच्च मनोबलका साथ मैदान उत्रेको छ । युएईसंगको पछिल्ला १४ भेटमा नेपाल निकै कमजोर देखिएको छ । नेपालले मात्र ३ खेल जितेको छ तर, नेपाल आज युएईविरुद्धको हारको यात्रा टुंग्याउन चाहन्छ ।