Saturday, 16, October, 2021 info@saipalnews.com

भारत र बंगलादेशका प्रधानमन्त्री काठमाडौ उत्रिए

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुग्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गर्नुभएको थियो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुग्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना हसिनालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

बङ्गलादेशका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स, बङ्गलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालले स्वागत गर्नुभएको थियो ।