Sunday, 06, December, 2020 info@saipalnews.com

संघीय संरचनामा स्वास्थ्य सेवा दिने सरकारको निर्णय कार्यान्वयनमा समस्या

काठमाडौ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले संघीय संरचना अुनसार स्वास्थ्य सेवा दिने जिम्मेवारी स्थानीय तहलाई दिए पनि त्यो अझैं कार्यान्वयन हुन सकेको छैन ।

मन्त्रालयले स्वास्थ्य सम्बन्धि निर्देशिका अनुसार आधारभुत स्वास्थ्य सेवादेखि १५ शैयाको अस्पताल निर्माणसम्म स्थानीय तहले नै गर्नसक्ने भनि अधिकार दिएपनि त्यो कार्यान्वयनमा समस्या देखिएको हो ।

स्थानीय तहले आधारभूत प्राथमिक स्वास्थ्य केन्द्र स्थापना, महिला बालबालिका सम्बन्धी कार्यक्रम, निःशुल्क औषधि वितरण, खोप सम्बन्धी कार्यक्रमदेखि १५ शैयासम्मको अस्पताल निर्माण गर्न सक्ने भनिए पनि मन्त्रालयले समयमा जनशक्ति नपठाउँदा स्थानीय तहमा नागरिक यी सुबिधा पाउनबाट वञ्चित भएका छन् ।

त्यतिमात्र नभई मन्त्रालयले स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बजेट पठाए पनि खरिद पक्रियाबारे अन्यौलता देखिएको छ । जसले गर्दा खोप, भिटामिन ए, क्षयरोगीको औषधि, कुष्ठरोगीको औषधि जस्ता कार्यक्रम प्रभावित भएका छन्् ।