ओखलढुंगा । ओखलढुंगाको मेलुङ गाउँपालिका–८ खिम्तीमा पहिरोका कारण चारजनाको ज्यान गएको छ । पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनन्त शर्माले जानकारी दिए ।
बुधबार राति गएको पहिरोले घर पुरिँदा ५० वर्षका पूर्णबहादुर राईसहित उनकी ४५ वर्षकी श्रीमती धनकुमारी राई र छोरा अशिष राईको ज्यान गएको डिएसपी शर्माले बताए ।
यस्तै पूर्णबहादुरकी दिदी मित्रमायाको पनि ज्यान गएको छ । शव निकालेर सदरमुकाम ल्याउने तयारी भएको छ ।