Thursday, 24, September, 2020 info@saipalnews.com

उपत्यकामा आज बिजोर नम्बर प्लेटका सवारी मात्रै गुड्ने

काठमाडौ । बिमस्टेक शिखर सम्मेलनको अन्तिम दिन आज पनि काठमाडौं उपत्यकाको सवारी सञ्चालनमा लगाइएको जोर–बिजोर प्रणाली आज पनि जारी छ ।

सम्मेलनलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा बिजोर नम्बर प्लेटका सवारी साधन मात्रै गुड्न पाउने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । आज विहान ५ बजेदेखि सुरु भएको यो व्यवस्था राति १० बजेसम्म लागू हुने छ ।

हिजोदेखि काठमाडौंमा सुरु भएको सम्मेलनमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन १३ गते देखि नै सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरिएको हो । बिमस्टेक सम्मेलनमा खटिने तथा आमन्त्रित व्यक्तिहरुका लागि भने निर्वाध रुपमा सवारी सञ्चालन गर्न दिइनेछ ।

त्यस्तै, हवाई सेवामार्फत काठमाडौं बाहिर जाने यात्रु, बिरामी बोकेका एम्बुलेन्स तथा अन्य अत्यावश्यक र आकस्मिक सवारीलाई समेत गुड्न महाशाखाले जनाएको छ ।