पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घरबाट कार्यालय जान महङ्गो हेलिकप्टरको प्रयोग गरेपछि प्रधानमन्त्री खान विवादमा पर्नुभएको छ ।
दैनिक आफ्नो घरबाट प्रधानमन्त्री कार्यालयसम्म जान महङ्गो हेलिकप्टरको प्रयोग गरिरहेको खुलासा भएपछि उहाँको विरोध गरिएको हो । उहाँको रक्षा मन्त्री फवाद चौधरीले भने हेलिकप्टर ज्यादै सस्तो भएको उल्लेख गर्नुभएको छ ।
तर १५ किलोमिटरको यात्रामा समेत आरामदायक सवारीको चयन गरेको भन्दै देशभर प्रधानमन्त्री खानको कडा आलोचना भैरहेको पाकिस्तानी संञ्चारमाध्यमहरुले जनाएका छन् ।