Monday, 29, November, 2021 info@saipalnews.com

एसिया कप छनोटको मलेसियाविरुद्ध नेपालको खेल बर्षाले प्रभावित

काठमाडौ । एसिया कप छनोटको मलेसियाविरुद्ध नेपालको खेल बर्षाले प्रभावित बनेको छ ।

बायुमास ओभलमा निरन्तर बर्षा भएपछि अहिलेसम्म टसको निर्णय समेत हुन सकेको छैन् । सोही कारण खेल सुरु हुन ढिलाई भएको छ । नेपाली समय अनुसार बिहान सवा ७ बजे टसको समय निर्धारण गरिएको थियो ।समुह चरणका सूरुवाती दुवै खेलमा पराजित भएको नेपाल गर वा मरको स्थितिमा छ ।

एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल घरेलु टोलीलाई हराएर आफ्नो लक्ष्य जीवितै राख्न चाहन्छ । मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा समेत रहने छ । यसअघि नेपाल पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको थियो ।

एसिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाबमा रहेको छ । पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप सपना सकिनेछ । नेपाल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । र, अघिल्ला दुई पराजयले नेपालको एसिया कप एक कदम पछाडी सरेको छ ।

राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष दुई मध्येको एक टोलीले एसिया कपको टिकट काट्ने छ । अर्थात्, शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनलको विजेताले एसिया कप खेल्नेछ ।