Thursday, 01, October, 2020 info@saipalnews.com

पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

सल्यान । अविरल बर्षापछिको पहिरोले घर पुर्दा बाग्चौर नगरपालिका १२, बाफुखोलाका बालाराम डाँगीका ३ छोराछोरीको आईतवार मृत्यु भएको छ ।

मृत्यु भएकामा ८ बर्षीया ललिता, ४ बर्षीया मेनुका र ६ बर्षीय ललित छन् । भैँसी दुहुन गोठमा गएकाले डाँगी दम्पतीलाई केही भएन ।

प्रहरी नायव उपरीक्षक वीेरेन्द्रबहादुर शाहीका अनुसार पहिरो आउने क्रम नरोकिएकाले समयमै उद्धार हुन सकेन ।

पीडित परिवारलाई बाग्चौर नगरपालिकाकाले खाद्यान्न र रहात सहयोग दिने नगरप्रमुख लोकमान बुढाथोकीले बताए । कान्तिपुरमा खबर छ।