Thursday, 24, September, 2020 info@saipalnews.com

नेपाल टेलिकमको नेटवर्क डेढ घण्टा अवरुद्ध, सेवाग्राही मर्कामा

काठमाडौ । नेपाल टेलिकमको प्रि–पेड र पोस्टपेड मोबाइलमा समस्या देखिएको छ। मंगलबार विहानैदेखि नेपाल टेलिकमका मोबाइलमा समस्या देखिएको छ। टेलिकमको स्काइ फोन भने सुचारु छ।

टेलिकमका दुवै मोबाइलमा समास्या देखिएपछि मुलुकभरका सेवाग्राही मर्कामा परेका छन्। मंगलबार बिहानै देखि मुलुकभर नेपाल टेलिकमका फोन अबरुद्ध छ। ल्याण्डलाइन र स्काइ मोबाइल भने संचालन भइरहेका छन्।

नेपाल टेलिकमले मंगलबार बिहान ६ बजेदेखि प्रि(पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको जनाएको छ । मोबाइल नेटवर्कमा खराबी आए पनि त्यसको पहिचान हुन नसकेको उसको भनाइ छ । मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी टेलिकमले दिएको छ ।