एसीसी एसिया कप छनोट चरणको अन्तिम खेलमा नेपाल र हङकङ खेल्दै छन्।
खराब मौसमका कारण मंगलबार बिहानबाट सुरु हुनुपर्ने खेलमा अझै टस भएको छैन्। एसिया कपमा नेपालले चमत्कारी जित निकाले वा युएई पराजित भए झिनो एसीसी एसियाकपको फाइनलमा पुग्ने आश छ।
अंक तालिकामा ओमानको ७ अंक छ भने युएईको ६ र हङकङको ५ अंक छ। त्यस्तै सुरुका दुई खेलमा पराजित भएको नेपालको चार अंक रहेको छ। अर्को खेलमा युएई र ओमानबिच प्रतिस्पर्धा भइरहको छ। जसमा ओमानले टस जितेर फिल्डिङ गरिरहेको छ।