Monday, 18, January, 2021 info@saipalnews.com

चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता

काठमाडौ । सरकारले चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता दिएको छ ।

चाडपर्वको समयमा हुने खाद्य बस्तुको कृत्रिम अभाव तथा मुल्य वृद्धिलाई निरुत्साहित गर्न अनुगमन तीव्र पारिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । केन्द्र सहित विभिन्न जिल्लामा अनुगमनका लागि विभागले टोली परिचालन गरेको विभागका निर्देशक प्रदिप सुवेदीले जानकारी दिनुभयो ।

विभागले मासु तथा मासुजन्य उद्योगमा पनि अनुगमन केन्द्रित रहने जनाएको छ । मासुबाट विभिन्न रोग तथा प्रकोपको संक्रमण समेत हुने भएकाले रोगी तथा संक्रमित पशुपक्षीको आयातमा कडाई गरिएको निर्देशक सुवेदीले बताउनुभयो ।