Thursday, 24, September, 2020 info@saipalnews.com

२२ दशमलव २ मेगावाट चाकु ए जलविद्युत आयोजनाको ब्रेक थ्रु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका जलविद्युत व्यावसायीहरुको लगानीमा निजी क्षेत्रबाट निर्माण भइरहेको २२ दशमलव २ मेगावट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको सुरुङमार्गको ब्रेक थ्रु भएको छ ।

शिवश्री हाइड्रोपावर लिमिटेडको लगानीमा साविकको फूलपिङकट्टी तथा मार्मिड गाविस निर्माण भइरहेको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको २ हजार ९ सय सय मिटर लम्बाईको सुरुङको ब्रेक थ्रु भएको हो ।

आयोजनाको ४६ मिटर भर्टिकल टनेल, २ सय २३ मिटर इन्क्लाईनेड टनेल, ८६ मिटर पेनस्टक टनेल तथा ९ सय ५० मिटर टनेलको निर्माण २०७२ वैशाखको भूकम्प पहिले नै पूरा भएको थियो । तर, भूकम्प पछि इनलेट टनेलबाट अडिट सम्मको करिव १५ सय ५० मिटर सुरुड निर्माण हुदाहुुदै रोकिएको थियो ।

प्राकृतिक विपत्तीका कारण निर्धारित समयमा नै आयोजना सम्पन्न हुन समस्या भएको शिवश्री हाइड्रोपावरका कार्यकारी अध्यक्ष उमशे कसजुले जानकारी दिनुभयो । आयोजनाको डिजाईन डिस्र्चाज ३ हजार २ सय ५० लिटर प्रति सेकेण्ड छ भने ग्रसहेड ८ सय १५ मिटर रहेको छ । आयोजनाको निर्माण लागत प्रतिमेगावाट करिव १८ करोड अनुमान गरिएको छ ।