Monday, 29, November, 2021 info@saipalnews.com

यसरी निर्माण पूरा हुँदैछ भारतमा विश्वकै सबैभन्दा अग्लो मुर्ति (फोटोफिचरसहित)

भारतको गुजरातमा बनिरहेको संसारको सबैभन्दा अग्लो मुर्ति करिब करिब तयार भएको छ। सरदार वल्लभभाई पटेलको यो मुर्ति १८२ मिटर अग्लो हुनेछ ।

अहिले संसारको सबैभन्दा अग्लो मुर्ति चीनमा निर्मित बुद्ध मुर्ति हो, जुन १२८ मिटर अग्लो छ। २९९० करोड भारतीय रुपैयाँ लागतमा बनिरहेको सरदार पटेलको मुर्तिको उदघाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३ अक्टोबरमा गर्ने छन्। यो मुर्तिलाई स्ट्याचु अफ युनिटी नाम दिइएको छ।

सरदार पटेल भारत स्वतन्त्र भएपछिका प्रथम गृहमन्त्री हुन् । भारतीय राजाहरुलाई आफ्नो सत्ता भारतमा विलय गराउन राजी गराउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले आफ्नो ब्लगमा अक्टोबर २०१० मा लेखेका थिए कि यो स्मारकललाई स्ट्याचु अफ युनिटी भनिनेछ र यो नागरिकका लागि ‘प्रेरणाको स्रोत’ हुनेछ ।

उनले लेखेका थिए कि –यसका एउटा हाइटेक संग्रहालय हुनेछ, जसमा भारतको स्वतन्त्रता सेनानीहरुको ९० वर्षको इतिहास हुनेछ ।

स्ट्याचु अफ युनिटी बनाउने कामको सुरुवात सन् २०१३ मा भएको थियो, जुन स्ट्याचु अफ लिबर्टीभन्दा करिब करिब दुई गुना ठुलो हुनेछ । यसको निर्माण कार्य अहमदावादभन्दा करिब २ सय किलोमिटर टाढा भइरहेको छ। करिब २५ जना कामदार यो मुर्ति निर्माणमा जुटेका छन् । यसमा चिनियाँ मजदुर पनि समावेश छन् । बीबीसी हिन्दी