Sunday, 20, September, 2020 info@saipalnews.com

पूर्वाधार निर्माण मापदण्ड अनिवार्य लागू गर्न/गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौ । संसदीय समितिले आवास निर्माण एवम् अन्य भौतिक पूर्वाधार निर्माण मापदण्ड अनिवार्य लागू गर्न, गराउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले आवास निर्माण एवम् अन्य भौतिक पूर्वाधार निर्माण मापदण्ड अनिवार्य लागू गर्न, गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

भौगोलिक अवस्थिति अनुसार भौतिक पूर्वाधारसहित आवास निर्माणका लागि तय गरिएको मापदण्ड अनिवार्य लागू गर्न, गराउन सरकारलाई निर्देशन दिइएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिनुभयो ।

समितिले सहर विकाससम्बन्धि एसियाली मापदण्डभित्र नेपालको कुन–कुन सहर पर्ने हो त्यसको विवरणसहित मन्त्रालयको अल्पकालीन र दिर्घकालीन विस्तृत कार्यक्रमसम्बन्धि विवरण १५ दिन भित्र समितिमा पेश गर्न पनि सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयको विस्तृत कार्यक्रमसम्बन्धि योजना १५ दिनभित्र समितिमा पेश गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन गरिएको पनि जेष्ठ सदस्य लामाले बताउनुभयो ।

यस्तै जोखिमयुक्त बस्तीलाई स्थानान्तरण्ना गर्ने, एकीकृत बस्ती विकास गर्ने, पूराना सहरलाई व्यवस्थित गर्ने, जनता आवास कार्यक्रममा देखिएको अस्पष्टतालाई तत्काल हटाई कार्यान्वयनमा लैजान पनि समितिले सरकारलाई निर्देशन दिएको जेष्ठ सदस्य लामाले जानकारी दिनुभयो ।