Wednesday, 02, December, 2020 info@saipalnews.com

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ किन भारत जान लागे ?

काठमाडौ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै हुनुहुन्छ ।

उहाँ आज दिउँसो ३ बजे भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । दाहाल भारतमा तीनदिन रहनुहुनेछ । पार्टी अध्यक्षको हैसियतले भारत जान लाग्नुभएका प्रचण्डले नेपालसँग भएको सम्झौताका विषयमा छलफल गर्नुहुने बताइएको छ ।

भारतमा रहँदा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ । भ्रमणको दोस्रो र तेस्रो दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग दुई पटक छलफल गर्ने कार्यसूची रहेको छ ।

तीन दिने भ्रमणमा भारत सरकारले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारतभ्रमणमा गरेको सम्झौताको कार्यान्वयन, दुईदेशबीचको सम्बन्धका विषयमा छलफल हुनेछ । नेपाल फर्किएपछि भदौ ३० गते प्रचण्ड चीन भ्रमणमा जाने तयारीमा छ ।