Thursday, 22, October, 2020 info@saipalnews.com

सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक आज गण्डकी प्रदेशमा बस्दै

काठमाडौ । सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक आज गण्डकी प्रदेशमा बस्ने भएको छ ।

आज पोखरामा हुने भेला स्वरुपको बैठकका लागि अधिकांश मुख्यमन्त्रीहरु पोखरा पुगिसकेका छन् ।गण्डकी सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार प्रधानमन्त्री अध्यक्ष रहने अन्तर प्रदेश परिषदको बैठकका लागि मुख्यमन्त्रीहरु पेखरा पुगेका हुन् ।

बैठक२४ भदौमा बस्दैछ । मुख्यमन्त्रीहरुले अहिलेसम्म प्रदेश सरकारले भोग्नुपरेका समस्या, संघ सरकारसँगका अपेक्षा लगायतका विषयमा छलफल गर्नेछन् ।

परिषदमा सबै मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा एकै स्वरमा प्रदेशको आवाज उठाउने गरी पोखरा भेलामा छलफल हुनेछ। संघ सरकारले कानुन निर्माण र कर्मचारी व्यवस्थापन नगरिदिंदा प्रदेशलाई काम गर्न अप्ठेरो परेको गुनासो मुख्यमन्त्रीहरुले गर्दै आएका छन् ।