Thursday, 29, October, 2020 info@saipalnews.com

भारतका पूर्व प्रधानमन्त्री देवेगौडा किन आउँदैछन् नेपाल ?

काठमाडौ । भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडा आज काठमाडौं आउँदै हुनुहुन्छ ।

उहाँ आज नेपाल आएपछि भोलि फर्किने कार्यक्रम रहेको छ । उहाँ नितान्त व्यक्तिगत र धार्मिक भ्रमणमा नेपाल आएपनि राजनीतिक भेटवार्ता हुनेछ । भोलि बिहान पशुपतिनाथको दर्शन गरेर अपरान्ह पाँच बजे जेट एयरलाइन्सको उडानबाट उहाँ भोलि नै भारत फर्किने कार्यक्रम छ ।

दक्षिण भारतका शक्तिशाली राजनीतिज्ञ मानिने देवगौडा सन् १९९६ जुन १ देखि १९९७ अप्रिल २१ सम्म भारतका प्रधानमन्त्री बन्नु भएको थियो ।