काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले जीवन विमा गराएर विदेशमा ज्यान गुमाएका परिवारलाई वीमा रकम उपलव्ध गराएको छ।
बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत बीमा गराउनु भएका पर्सा निवासी बीमीत बल बहादुर श्रेष्ठको दुबईमा मृत्यु भएको दावी भुक्तानी बीमितको परिवारलाई उपलव्ध गराएको हो ।
कम्पनलिे बीवितका पित डम्बर बहादुर श्रेष्ठलाई रु. १४,००,०००।– र काभ्रे निवासी दिलमान मोक्तानको मलेसियामा मृत्यु भएको दावी भुक्तानी बीमीतकी श्रीमती रेलिमाया मोक्तानलाई उपलव्ध गराएको हो ।
त्यस्तै घातक रोग वापतको रकम रु.५,००,०००।– नुवाकोट निवासी शमशेर बहादुर तामाङ्गलाई कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले हस्तान्तरण गर्नुभयो ।