Thursday, 22, October, 2020 info@saipalnews.com

दिल्लीमा रहेका प्रचण्डको यस्तो छ आजको कार्यतालिका

काठमाडौ । भारत भ्रमणमा रहनु भएका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि भेटवार्ता गर्दैहुनुहुन्छ ।

चारदिने भ्रमणका लागि हिजो नयाँ दिल्ली जानु भएका नेकपा अध्यक्ष प्रचण्डले आज राजनीतिक भेटघाट थाल्नु हुनेछ । आज साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको गर्नुहुनेछ ।

आज गृहमन्त्रीसँगको भेटपछि दाहाल दिउँसो ३ बजे ‘आईसीडब्ल्यूए’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
कार्यक्रममा प्रचण्डले सम्बोधन गर्नुहुनेछ । सुरुका ३० मिनेट आफ्नो मन्तव्य राखेपछि थप ३० मिनेट प्रश्नोत्तरमा केन्द्रित रहेर प्रचण्डले सहभागीका जिज्ञासा मेट्ने प्रयास गर्नेपनि कार्यतालिका रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि भेटवार्ता हुनेछ ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति÷सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर छलफल हुनेछ ।