Monday, 28, September, 2020 info@saipalnews.com

देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना

काठमाडौ । आज देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना देखिएको छ ।

दिउसो देशभरि नै आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । यस्तै आज राति पनि मौसममा खासै सुधार नआउने महाशाखाले जनाएको छ ।

राति पनि देशभरि नै सामान्यदेखि पूर्ण बदलि रहने र केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्् ।