Thursday, 22, October, 2020 info@saipalnews.com

नेपाली क्रिकेट टोली स्वदेश फर्कदै

काठमाडौ । मलेसियामा भएको एसिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आज स्वदेश फर्कने भएको छ ।

टोली आज दिउँसो मालिन्दो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । सन्दीप लामिछाने पनि स्वदेश फर्कने टोलीमा पर्नुभएको छ ।

एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रहेको छ । ‘राउन्ड रोबिन लिग’मा पाँच खेल खेलेको नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो ।

नेपालले आयोजक मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो भने ओमन, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङसँग पराजित भएको थियो ।