Wednesday, 25, November, 2020 info@saipalnews.com

ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु, तीन जना घाईते

रुकुम । रुकुम पश्चिम मुसीकोट नगरपालिका–४ सोलावाङबाट गाराघाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन ।

जिल्लाको बाँफिकोट गाउँपालिका–९ घर भई हाल मुसिकोट नगरपालिका–१ गाराघाट बस्ने २८ वर्षीय धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा घाइते देवकोटाको उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउदै गदर्दा बाटोमै मृत्यु भएको प्रहरीले वताएको छ ।

ट्याक्टर दुर्घटनामा परि मृतककी छोरी १३ वर्षिया मुना,देवकोटा मुसिकोट नगरपालिका–१३, की २४ वर्षीया कमला केसी र बाँफिकोट–९ की १६ वर्षिया ललिता ओली घाइते भएका छन । घाइते तीनै जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइते मध्य मुना र ललिताको स्वास्थ्य अवस्था गम्भीर रहेको वताईएको छ ।

रोकिराखेको ट्याक्टर आफै गुडेर २० मिटर तल पुगेको प्रत्यक्षदर्शीले जनाएका छन । ट्याक्टर चालक स्थानीय पानाखोलामा आएको पानीको सतह हेर्न गएका बेला ट्याक्टर आफै गुडेको थियो ।

ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषिकुमार ढुङ्गानाले जाकारी दिएका छन ।