Saturday, 24, October, 2020 info@saipalnews.com

चिकित्सकहरुको आन्दोलनमा प्रबासी नेपालीहरुको आपत्ती 

मुलुकी अपराध आचारसंहिता ऐनको इलाज समबन्धी कसुरको बिषयलाइ लिएर गरिएको चिकित्सकहरुको आन्दोलप्रती प्रदेसी नेपालीहरुले आपत्ती जनाएका छन । सरकारले चिकित्सकहरुको मागहरुप्रती बिचार नपुर्‍याए स्वास्थ्य क्षेत्रमा अपराधिक घटनाहरु अझ बढ्ने भन्दै उनिहरुले आपत्ति जनाएका हुन ।

चिकित्सकहरुको आन्दोलन लिएर सरकारले गरेको ३ बुद्दे सहमतीले नागरिकको उपभोक्ता सम्बन्धी हकलाइ कुण्ठित गर्न लागेको आरोप लगाउदै संसदमा संसोधन प्रस्ताव नलग्न पनि उनिहरुले अनुरोध गरेका छन ।

उपचारको स्तर पैसामा बिकिरहेको बेला स्वास्थ्यकर्मीहरुले आफ्नो जिम्मेवारी भुलीरहेको बताउदै अझ उपचारकै समबन्धमा कडा कानुनको आबस्यक  रहेको समेत प्रदेशी नेपालीहरुले सामाजिक संजालबाटै खबरदारी समेत गरेका छन  ।

मुलुकी ऐन प्रतिस्थापन गर्दै गत भदौ १ बाट लागू गरिएको मुलुकी अपराध संहिता ऐनको परिच्छेद १९ मा इलाज सम्बन्धी कसुरको व्यवस्था छ । त्यस अन्तर्गत दफा २३० मा इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुने, २३१ मा बदनियत चिताई इलाज गर्न नहुने, २३२ मा लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न नहुने व्यवस्था छ ।

तर पछिल्लो समय नक्कली चिकित्सकहरुको संङ्ख्या बढ्नु, पैसाको आडमा असक्षमहरुले पनि चिकित्सक पेशालाइ रोजाइ बनाउनु जस्ता गलत प्रणालीले सर्बसाधारणहरु दिन्हु  स्वास्थ्य उपचार लिनबाट बन्चित बनिरहेको बताउदै युएइमा रहेका कतिपय नेपालीहरुले चिकित्सकहरुको आन्दोलनले अझ दुखित बनाएको पनि बताएका छन ।

युएइबाट रुपन्देही घर भएका रमेश पौडेलले स्वास्थ्यकर्मीहरुको उपचार नै सर्बसाधारणहरुकोलागी डरमर्दो भएको बताउदै आफ्नो आफ्न्तको अप्रीय उपचारको लापरबाहीलाई स्मरण समेत गरे । उन्ले भने :” चिकित्सकको आन्दोलनले अप्रत्यक्षरुपमा मान्छे मार्न पाउनुपर्छ भन्ने सन्देश दिएको छ। मेरो आफ्न्त मात्र हैन चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको असक्षमता र लापरबाहीले कयौ सर्बसाधारणहरुले समस्या भोग्नु परेको छ  कतिको ज्यान गएको छ, भने कतिले अंग-भंग  भएर समेत बाच्नु परेको छ त्यसैले सरकारले उनिहरुको आन्दोलनलाइ सम्झौता गर्न नै हुदैन ।”

पौडेलको जस्तै चिकित्सक आन्दोलनकै बिषयमा असन्तुष्ट मत राख्नेहरुले नेपालमा ससर्बसाधारणको उपचारलाई  पैसाले महत्व राख्ने सस्कारको कारण नै चिकित्सा क्षेत्र समेत भ्रष्टाचारको जालोमा जेलिदै गएकोमा चिन्ता समेत व्यक्त गरेका छन ।

त्यस्तै अन्य बाहीरी देशमा बस्ने कयौ  नेपालीहरुले पनि चिकित्सकको आन्दोलनलाइ लिएर दुख ब्यक्त गरेका छन । ५ बर्षदेखी मलेसियामा रोजगार गर्दै आएका राम बहादुर श्रेष्ठले नेपालमा डाक्टरप्रतीको बिस्वास दिन्हु सर्बसाधारणहरुमा गुम्दै गएको र अस्पतालहरु समेत उपचारमुखी भन्दा पैसामुखी भएको बताए ।

मलेसिया मात्र हैन साउदी, कतार, बहराइन, ओमान, अष्ट्रेलिया, क्यान्डा जस्ता देशमा बस्ने नेपालीहरुले समेत समाजिक संजालबाट नै आपत्ति जनाउदै चिकित्सकको आन्दोलनले सर्बसाधारणको बाच्न पाउने अधिकारलाइ उपेक्षा गरिरहेको ब्यक्त गरेका छन ।

सरकारले बार्ताको माध्यमबाट आन्दोलनरत चिकित्सकहरुसग ३ बुद्दे सहमती गरेपछी उनिहरुले आफ्नो आन्दोलनलाइ एक हप्ताको लागी स्थगित गरेका छन । विशाल बस्नेत