Saturday, 19, September, 2020 info@saipalnews.com

काममा आलटाल बढेपछि मन्त्रालयमा ट्रयाकिङ

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मन्त्रालय र केन्द्रीय निकायका कामको ‘ट्रयाकिङ’ गर्ने भएको छ।

ट्रयाकिङमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका सचिवको काम निगारानी गर्नेछन्। कामका आधारमा सचिवको दक्षता र क्षमता मापन गरिनेछ। सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयमा मन्त्रालयका र केन्द्रीय निकायले आलटाल गरेका छन्।

उनीहरुको कार्य सम्पादन सन्तोषजनक नभएपछि प्रधानमन्त्रील नै प्रत्यक्ष निगरानी र अनुगमन गर्ने गरी यस्तो व्यवस्था गर्न लागिएको कार्यालयले जानकारी दिएको छ।

प्रत्येक मन्त्रालयको कामको ट्रयाकिङ गर्न प्रधानमन्त्री कार्यालयले सबै निकायलाई जोड्ने गरी नयाँ सफ्टवेयर बनाइसकेको छ।अन्नपूर्ण पोष्टमा खबर छ।