Saturday, 19, September, 2020 info@saipalnews.com

नयाँ दिल्लीमा नेकपाका अध्यक्ष प्रचण्डले आज ककस्लाई भेट्दैछन् ?

काठमाडौ । भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भेटघाटमा व्यस्त हुनुभएको छ ।

भेटघाटका क्रममा उहाँले हिजो भारतका गृहमन्त्री राजनाथ सिंहसँग भेट गर्नुभएको छ । दाहालले सिंहसँगको भेटमा सिमानामा हुने लुटपाटका घटनाबारे ध्यानाकर्षण गराउनुभएको हो । भेटमा सिंहले सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर बनेको बताउनुभएको छ ।

भारतका गृहमन्त्री सिंहले समस्या समाधानका लागि चासो दिनुभएको दाहालको सचिवालयले जनाएको छ । दाहालको सचिवालयका अनुसार सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी यस्ता किसिमका घटना घट्न नदिने प्रतिबद्धतासमेत जनाउनुभएको थियो ।

बिहीबार भारत जानुभएका दाहालले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशीमन्त्रीसँग राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।भारत भ्रमणअघि उहाँले आफ्नो भ्रमण राष्ट्रिय हित र विकास निर्माणमा मात्र केन्द्रित हुने बताउनुभएको थियो । भारत भ्रमणबाट फर्किएलगत्तै दाहाल उत्तरी छिमेकी चीन भ्रमणमा जाने कार्यतालिका तय भइसकेको छ ।