तेह्रथुम । तेह्रथुममा सानै उमेरमा विवाह गरेका जोडिहरुले छिट्टै नै सम्बन्ध विच्छेद गर्ने गरेको जिल्ला अदालतको तथ्यांकले देखाएको छ ।
विद्यालय र क्याम्पस पढ्दै गरेका युवा युवतीहरुले विवाह गर्ने उमेर नभई भागेर प्रेम विवाह गर्ने र पछि विहे गर्ने उमेर हुँदै गर्दा सम्बन्ध विच्छेद गर्ने गरेको तथ्याकंले देखाएको हो ।
जिल्ला अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा मात्रै जिल्लाका ४१ जोडीको कानुनी रुपमा सम्बन्ध विच्छेद भएको छ ।
सम्बन्ध विच्छेद गर्ने अधिकांश महिला र पुरुषको उमेर १८ देखि ३० वर्ष रहेको जिल्ला अदालतले जनाएको छ ।