Thursday, 01, October, 2020 info@saipalnews.com

साफ च्यान्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै, आजको खेल यसकारण छ महत्वपूर्ण

काठमाडौ । बंगलादेशमा जारी साफ च्यान्पियनसिप अन्तर्गत आज नेपालले समुह चणरको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगबन्धु रंगशालामा हुने खेल नेपाली समयअनुसार आज साँझ ६ः४५ मा सुरु हुनेछ । नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा खेल्दै छन् । समूह ए मा चारै टोलीको सेमिफाईनलमा प्रवेश गर्नको लागि पहिलो खेल सबै टोलीको लागि महत्वपुर्ण रहेको छ ।

गोल अन्तरका आधारमा दुई टोलीले अन्तिम चारमा स्थान बनाउने भएकाले पहिलो खेलले नै दुई टोलीको निर्धारण गर्नेछ । पहिलो खेलमा पाकिस्तानले भुटानमाथि जीत हात पारे पाकिस्तान अघि बढ्ने सम्भावना रहने छ ।

भुटानसँग जीत हात पारे पाकिस्तान पराजित भएमा नेपाल र बंगलादेशले बराबरी खेल्न सके टोलीले अन्तिम चारमा स्थान बनाउँनेछन् । बंगलादेशमाथिको जीतले नेपालको अन्तिम चारमा स्थान पक्का हुनेछ । नेपालको लागि आजको खेल निकै महत्वपुर्ण छ ।