Thursday, 29, October, 2020 info@saipalnews.com

दुर्घटनाग्रस्त हेलिकाेप्टर नुवाकोटमा फेला, ६ जनाको मृत्यु, एक जीवितै

नुवाकोट । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ ।

हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले पनि र्सुन्चेत भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकोप्टर भेट्टाएको पुष्टि गरे ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो ।

दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो ।

१) जि. गोरखा  चुमनुब्रि गा.पा. २ ल्हो आनि डोल्पा डिकि (घाइते)

2)जि. रामेछाप बर्ष ४० को दिल्ली ब. गुरुङ मृत्यु

३) जि. दोलखा बर्ष ३७ को हिरा सेर्पा मृत्यु

४)HIROMI KOMATSU PP NO TK7136 120 68 YEARमृत्यु

५) जि. गोरखा सामागाउ चुमनुब्रि साम्दो १ छोवाङ नुर्वु मृत्यु

६) जि.सि.पा.बर्ष २२ को  सुनिल तामाङ  मृत्यु

७) पाईलट निश्चल के.सि. मृत्यु