Sunday, 13, June, 2021 info@saipalnews.com

नेकपाको तल्लो तहमा पार्टी एकता अझै अलमल

काठमाडौ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको झण्डै ४ महिना हुन लाग्दा पनि स्थानीय स्तरका संगठनमा एकता हुन सकेको छैन ।

तत्कालिन एमालेका ३० र नेकपा माओवादीका २८ वटा जनवर्गीय संगठनलाई एकै बनाउनु पर्नेछ । ती संगठन विस्तार गर्ने योजनामा छलफल चलिरहे पनि नेतृत्व चयन र जिम्मेवारी विभाजनमा कुरा नमिल्दा एकतामा ढिलाई भएको छ ।

यो हप्ता बस्ने स्थायी समितिको मुख्य एजेण्डा पनि तल्लो तहमा पार्टीको एकताको विषय बनाइएको छ । नेकपाका नेता देव गुरुङले शिर्ष तहका नेताहरुलाई फुर्सद नहुँदा संगठन विस्तारमा ढिलाई भएको बताउनुभयो ।

कुन पक्षले कति र कुन पद लिने भन्नेमा अधिकांश जिल्लामा विवाद छ । ७ प्रदेशमध्ये १ र २ को भातृ संगठन एकीकरणका लागि गठन भएको कार्यदलले विवादकै कारण प्रतिवेदन बुझाउन सकेको छैन । जिल्ला तहमा पार्टीको नेतृत्वका विषयमा पनि केही ठाउँमा विवाद छ ।