Thursday, 29, October, 2020 info@saipalnews.com

भारत भ्रमण सकेर प्रचण्ड आज काठमाडौ फर्किदै

काठमाडौ । भारतको भ्रमणमा जानु भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदै हुनुहुन्छ ।

आज दिउँसो काठमाडौ फर्किने कार्यतालिका रहेको छ । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो ।भेटमा दुई देशको आपसी सम्बन्ध र नेपालको आर्थिक विकासका लागि भारतले गर्ने सहयोग लगायत विषयमा छलफल भएको बताइएको छ । ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले भारतमा रहँदा गृह मन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरिसक्नुभएको छ ।