Thursday, 24, September, 2020 info@saipalnews.com

डेढ महिनासम्म पनि बलात्कार घटनाको आरोपित पक्राउ परेन

बझाङ ।बझाङमा बालिका बलात्कृत भएको डेढ महिनासम्म पनि प्रहरीले आरोपित पक्राउ गर्न सकेको छैन ।

बझाङको तल्कोट गाउँपालिकाका १३ बर्षिया सुस्त मनस्थितिकी बालिका बलात्कृत भएको डेढ महिना भइसक्दा समेत आरोपित पक्राउ पर्न नसकेको हो । सुस्त मनस्थिति भएकी दलित बालिकाको तल्कोट गाउँपालिकाका ४० वर्षका फिट्टु कु“वरले बलात्कार गरेको बालिकाका आफन्तले आरोप लगाएका छन् । आरोपी कु“वर अहिले फरार रहेका छन् ।

आरोपित कुँवर अहिले भारतमा रहेको जानकारी आएको र उनलाई जुनसुकै बेला पक्राउ गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।