Thursday, 29, October, 2020 info@saipalnews.com

साफ च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्दै

काठमाडौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत आज समूह चरणको अन्तिम एक खेल हुँदैछ ।

आज समूह ’बि’ मा रहेका दुई टोली भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । साबिकको उपविजेता भारत र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार पौने सात बजे सुरु हुनेछ । र, दुवै टोली समूह विजेता बन्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

बंगबन्धु रंगशालामा हुने यस खेलको विजेताले सेमिफाइनलमा पाकिस्तानसंग खेल्नेछ । यस्तै उपविजेताले समूह ए को विजेता नेपालसंग खेल्नेछ ।

तीन राष्ट्र रहेको समूह ’बि’ मा ३ अंक जोडेको भारत शीर्ष स्थानमा छ । १ खेलबाट १ अंक जोडेको माल्दिभ्स दोस्रो र २ खेलबाट १ अंक जोडेको श्रीलंका पुछारमा रहेको छ ।