Thursday, 22, October, 2020 info@saipalnews.com

काङ्ग्रेसको लोकप्रियतामा प्रश्न चिह्न

जनकपुरधाम । जननायक बिपी कोइरालाको विचार, सिद्धान्त र व्यवहार विपरित नेपाली काङ्ग्रेस उद्यत हुनाले लोकप्रियतामा प्रश्न चिह्न लागेको धारणा व्यक्त गरिएको छ ।

काङ्गे्रस धनुषाद्वारा आज यहाँ आयोजित विचार गोष्ठीका वक्ताहरूले बिपीका विचार, सिद्धान्तलाई औपचारिकताको परिधिमा सीमित गर्नुले काङ्गे्रसको सङ्गठन कमजोर भएको बताउनुभयो ।

मुलुकको रााष्ट्रियता जोगाएर जनाधिकार सुरक्षित गर्दै विकासका लागि कुन विधि र शासनपद्धति अवलम्बन गर्नुपर्छ भन्ने सन्दर्भमा सिद्धान्त नै प्रतिपादन गरेका कारण जननायक कोइरालाप्रति मुलुकका सबै दलको हृदयतः आदरभाव रहेको उहाँहरूले प्रसङ्ग उल्लेख गर्नुभयो ।

प्रदेश नं २ प्रदेशसभा काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादवले बिपी कोइरालाले मुलुकका आर्थिक, राजनीतिक, कूटनीतिक लगायतका क्षेत्रमा जुन महत्वपूर्ण जग बसाल्नु भयो, त्यसैमा आज मुलुक अडिएको छ भन्नुभयो ।

जिल्ला सभापति महेशशङ्कर गिरीको अध्यक्षतामा भएको सो गोष्ठीमा पूर्व सांसद दिनेश परसैला, शिवधारी यादवलगायतले जनताले आफैले आफ्नो संविधान निर्माण गर्न विसं २००६ मा बिपीले अगाडि सार्नु भएको मिसन पूरा भएकाले त्यसलाई सफल, संस्थागत गर्ने दायित्व सबैको हो भन्नुभयो । रासस