Sunday, 25, October, 2020 info@saipalnews.com

चारदिने भारत भ्रमण सकेर नेकपाका अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारतका प्रधानमन्त्री मोदीजीसँग नेपाल–भारत सम्बन्धका विविध आयामका बारेमा सकरात्मक कुराकानी भएको बताउनु भएको छ ।

चार दिने भारत भ्रमण सकेर आज दिउँसो स्वदेश फर्कनु भएका प्रचण्डले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भ्रमण फलदायी र उपलब्धिमूलक भएको बताउनुभयो । भारत भ्रमणका क्रममा आफूले नेपाल–भारत सम्बन्धदेखि विकास, व्यापार प्रवर्द्धन, व्यापार घाटा हटाउने, सीमामा देखिएका समस्या समाधानलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको उहाँको भनाइ थियो ।

प्रचण्डले प्रधानमन्त्री मोदीसँग भूकम्पको पुनर्निर्माणमा गरिएका प्रतिवद्धता कार्यान्वयनका विषयदेखि अरु गम्भीर विषयमा सकारात्मक छलफल भएको जानकारी दिदै नेपाल–भारत प्रवुद्ध समूहको प्रतिवेदन भारतले चाँडै बुझ्नुपर्नेमा जोड दिनुभयो ।