Monday, 28, September, 2020 info@saipalnews.com

‘पार्टीभित्रका महाराजा नहटेसम्म बिपीको सपना साकार हुन्न’

कलैया । नेपाली काङ्ग्रेसका पूर्वसांसद रामअयोध्याप्रसाद यादवले काङ्ग्र्रेसभित्रका राजा महाराजालाई नेतृत्वबाट नहटाएसम्म बिपीको सपना साकार नहुने बताउनुभएको छ ।

१०५औँ बिपी जयन्तीको अवसरमा आज आयोजित ‘वर्तमान सन्र्दभमा बिपीको विचारको सान्र्दभिकता’ विषयक गोष्ठीमा नेता यादवले पार्टीमा अहिले पनि तानशाह, नातावाद, कृपावाद र परिवारवाद हावी रहेको हुँदा पार्टी झुपडीमा बस्नेका लागि पनि बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

महामानव बिपीको विचार र आदर्शलाई काङ्ग्रेसले बिर्सेको भन्दै बिपीले बोकेको सपनालाई साकार गर्नका लागि सबै एकजुट भएर बिपीको मार्गदर्शनमा लाग्नुपर्ने उहाँको जोड थियो ।

त्यसैगरी केन्द्रीय सदस्य राधेचन्द्र यादवले नेपाली काङ्ग्र्रेस बिपीको सिद्धान्त र विचारमा नहिँडेका कारण देशभरी पराजय भोग्नुपरेको बताउनुभयो ।

काङ्ग्रेस बाराले बिपी स्मृति दिवशको अवसरमा आयोजना गरेको सरसफाइ तथा अमृता अनाथलका बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रममा यादवले विगतलाई बिर्सेर आजकै मितिदेखि बिपीको विचार, आदर्शलाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

पूर्वसांसद रामअयोध्याप्रसाद यादवले अहिलेको सरकार दुई तिहाइको दम्भ देखाएर लोकतन्त्रलाई सखाप पार्न खोजेको आरोप लगाउनुभयो ।रासस