Saturday, 19, September, 2020 info@saipalnews.com

प्रदेश सरकारले माग्यो प्रजिअ र प्रहरी

विराटनगर । प्रदेश सरकारहरुले आफ्नो क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भएकाले प्रशासन र प्रहरी आफूमातहत हुनुपर्ने माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालयलाई प्रदेशप्रति उत्तरदायी बनाइनुपर्ने, नभए प्रदेशले जिल्लामा छुट्टै प्रशासनिक कार्यालय स्थापना गर्न पाउनुपर्ने माग पनि उनीहरुको रहेको छ। संघ (केन्द्र) सरकारले प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरीका कार्यालयजस्ता दैनिक प्रशासन र सुरक्षा कार्यान्वयनका इकाइहरुलाई आफूमातहत नै राखेको छ।

प्रदेश सरकारले प्रदेश प्रहरीको परिचालनको जिम्मा पनि यथाशीघ्र आफूले पाउनुपर्ने माग गरेको छ। भदौ २१ गते पोखरामा सम्पन्न मुख्यमन्त्रीहरुको भेलाले प्रमुख जिल्ला अधिकारी र सुरक्षाको निकायको ‘चेन अफ कमान्ड’ प्रदेश सरकार मातहत आउनुपर्ने निष्कर्ष निकाल्दे त्यसअनुसारको व्यवस्था मिलाउन केन्द्र सरकारलाई आग्रह गरेको हो। कान्तिपुरमा खबर छ।