Monday, 18, October, 2021 info@saipalnews.com

सांसद र मन्त्री नै बुझ्दैनन् विधेयक

काठमाडौ । वन मन्त्रालयले अघिल्लो वर्ष संसदमा नायोग अभिसन्धि पेश गर्‍यो।

अनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुन लाभको निष्पक्ष र समन्यायिक बाँडफाँटसम्बन्धी यो अभिसन्धि सोही वर्ष भदौ १९ मा सांसदहरूले अनुमोदन गरे जैविक विविधतासम्बन्धी महासन्धिअन्तर्गत जारी यो अभिसन्धि संयुक्त राष्ट्रसंघमा पठाइयो।

पठाइसकेपछि मात्रै थाहा भयो– नेपालले हस्ताक्षरै नगरेको अभिसन्धि व्यपस्थापिका संसदमा अनुमोदन भएको रहेछ। हुनुपर्ने अनुमोदन नभएर सम्मिलित(एक्सेसन) थियो। अनुमोदन गर्नु पक्षराष्ट्र हुनु हो भने सम्मिलन भनेको ऐक्यबद्धता मात्रै जनाउनु हो।

सदनमा मन्त्रीहरूले आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयक, अध्यादेश वा सन्धि सम्झौता प्रस्तुत गर्छन्। तर सदनमा आफूले प्रस्तुत गर्ने यस्ता विधेयकहरू अधिकांश मन्त्रीले अध्ययन नै नगरी प्रस्तुत गर्दा देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय जगतमै देशले बेइज्जती भोग्नुपरेको छ। यसको उदाहरण हो, वन तथा वातावरण मन्त्रालयका तर्फबाट सदनमा पेश गरिएको एक अधिसन्धि।

नेपालले हस्ताक्षर नै नगरेको उक्त अभिसन्धि सदनबाट अनुमोदन भएको थियो। अभिसन्धिमाथि सदनमा छलफल पनि भयो। तर यसबारे कसैले ख्यालै गरेनन्। अन्नपूर्ण पोष्टमा खबर छ।