Sunday, 25, October, 2020 info@saipalnews.com

नेकपाले पार्टी एकता टुङ्गो लगाउने विषयमा आज छलफल गर्दै

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकता टुङ्गो लगाउने विषयमा आज छलफल गर्दैछ ।

आज बस्ने बैठकमा जिल्ला, प्रदेश र भातृ संस्थाको एकीकरणका विषयमा छलफल हुनेछ ।तल्लो तहमा देखिएको विवाद समाधान गर्न नेकपालाई सकस देखिएको छ ।

प्रमुख सत्तारूढ नेकपाले पार्टी एकतालगायत रोकिएका काम अघि बढाउन र सरकारका गतिविधिबारे छलफल गर्न आज सचिवालय बैठक बोलाएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच तल्लो तहको एकता पूरा भएको छैन । बैठक प्रधानमन्त्रीको सरकारी निवासबालुवाटारमा बिहान बोलाइएको छ।