Wednesday, 21, April, 2021 info@saipalnews.com

पहिरो खसेपछि नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।

सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीको भनाइ छ । सोही सडकखण्डको जलवीरेमा हिजो साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो ।