Saturday, 19, September, 2020 info@saipalnews.com

काठमाडौकोे ज्याथा क्षेत्रमा एकाबिहानै आगलागी

काठमाडौ । काठमाडौकोे ज्याथा क्षेत्रमा आगलागी भएको छ । आज बिहान साढे ४ बजेदेखि सुरु भएको आगलागी बिहान ८ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

सानो गल्लीमा दमकल लैजानु पर्ने भएकाले आगो निभाउन कठिन भएको प्रहरीले बताएको छ । ट्राभल एजेन्सीको कार्यालयबाट आगो लागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । आगलागीबाट कम्तिमा पनि २ घरको अधिकांश भाग जलेको छ भने अर्को एउटा घरमा पनि क्षति भएको छ ।

महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय बासिन्दा भागाभाग भएका थिए ।

आगलागीका क्रममा भाग्न खोज्दा केही स्थानीयबासी लडेर घाइते समेत भएका छन् ।आगोले ठुलो रुप लिएपछि जमल क्षेत्रमा उपत्यकाका सबै दमकल पुगेका थिए ।