देशभर नेपाली महिलाको महान पर्व हरितालिका तीजको रौनक छाएको छ। यो पर्वमा भगवान शिवको पूजा गरिने गरिन्छ। शिवलिंग भगवान शिवकै रुप हो।
शिव एक लोटा जल अर्पित गर्दा पनि प्रसन्न हुने गर्दछन्। तर भगवान जतिनै भोले छन्, त्यतिनै उनको क्रोध भयंकर हुने गर्दछ। तीजको अवसरमा धेरै व्यक्तिले घरमा शिव लिंगको स्थापना त गर्छन, तर अजानमा उनीबाट केही गल्ती हुने गर्दछन्। शिवलिंग स्थापना गरेपछि केही नियमको विशेष ध्यान राख्नु पर्ने हुन्छ। विधि विधानसँग पुजा गर्नु फलदायि हुने गर्दछ। पूजा गर्दा केही कमी वा गल्ती भए पुजा विनासकारी सिद्ध हुने गर्दछ। त्यसैले तीजको अवसरमा घरमा शिव लिंगको स्थापना गर्दै हुनुहुन्छ भने यी कुरा ध्यान दिनुहोस्।
१) घरमा राखेको शिवलिंगमा बेलपत्र अर्पित गर्दा घरमा सकारात्मक उर्जा फैलिने गर्दछ। शिवलिंगमा सधै जलधारा गर्नु शुभ मानिन्छ।
२) घरको बन्द स्थानमा शिवलिंगको स्थापना गर्नु शुभ मानिदैन्। शिवलिंग खुल्ला ठाउँमा स्थापनना गर्नु पर्दछ।
३) शिवलिंगलाई यस्तो स्थानमा नराख्नुहोस्, जहा विधिविधानसँग पूजा हुन सकदैन्।
४) शिवलिंगको स्थान परिवर्तन गर्ने समयमा उनको चरण स्पर्श गर्नु पर्दछ। एक भाँडो गंगाजल राखेर त्यसमा शिवलिंग राख्नु पर्दछ। यदी शिवलिंग पत्थरबाट बनेको छ भने गंगाजलले अभिषेक गर्नु पर्दछ।
५) शिवलिंगमा प्याकेटवाला दूध अर्पित नगर्नुहोस्।
६) शिवलिंगको समिपमा सधै गौरी माता र श्रीगणेशको प्रतिमा राख्नु शुभ मानिन्छ।