हरितालिका तिजको दिन महिलाले निर्जला ब्रत बसेमा सौभाग्यवती रहने बरदान प्राप्त हुन्छ। पुराणहरुमा तीजलाई लिएर केहि नियम बताएका छन्। पुराणका अनुसार ब्रतालु महिलाले यस्ता गल्ति गरेमा उनले अर्को जन्ममा यसको सजाय भोग्नु पर्छ। त्यसैले भुलेर पनि नगर्नुहोस् यस्तो गल्ति :
१, ब्रतालु महिला रिसाउनु हुदैन। मनमा भएको रिस शान्त पार्नको लागि ब्रतालु महिलाको हातमा मेहेन्दी लगाउने गर्छन। किनकी यसले दिमागलाइ शान्त पार्न मद्दत पुर्याउछ।
२, ब्रत बसेको महिला तिजको दिन जाग्राम बसेर रातभरि पुजा पाठ गरि बस्नुपर्छ। भनिन्छ, ब्रतालु महिला राती सुत्नु भएमा अर्को जन्ममा अजिंगर भएर जन्म लिन्छ।
३, यस दिन ब्रत बसेको महिलाले खानु वा पिउनु हुदैन। यस दिन केहि खाएमा अर्को जन्ममा बाँदर भएर जन्म लिन्छ। त्यसैले यस दिन निर्जला रहनु पर्छ।
४, तिजमा हरेक युवती वा महिलाहरुले ब्रत बस्नुपर्छ यस दिन ब्रत बसेन भने अर्को जन्ममा माछा भएर जन्मिन्छ। ब्रत बसेको दिन बिर्सेर मासु खाएमा कठोर श्राप मिल्छ।
५, हरतालिका व्रतको महत्व थाहा हुँदा हुँदै पनि दुध पिएमा अर्को जन्ममा सर्प भएर जन्म लिन्छ।