Saturday, 24, October, 2020 info@saipalnews.com

निसान छाप सच्याउन देखियो यस्तो अन्योल

काठमाडौ । राष्ट्रको निसान छाप सच्याउने विषयमा अन्योल सिर्जना भएको छ। सच्याउने जिम्मेवारी कसको हो भन्नेमा सरकारी निकायबीच नै अन्योल देखिएको हो।

संविधानको धारा ९ को उपधारा २ मा निसान छापको व्यवस्था छ। सरकारले निसान छाप बनाउने संविधानमा स्पष्ट व्यवस्था छ। निसान छापमा कालापानी नभएकाले नेपालको नक्सा भएकाले सच्याउनुपर्ने भएको छ तर कसले सच्याउन समस्या उत्पन्न भएको छ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले निसान छाप सच्याउन अन्योल सिर्जना भएको बताए। उनका अनुसार सरकारले मन्त्रिपरिषदबाट निर्माण गरी निसान छापको टुंगो लगाउनु पर्नेछ। अन्नपूर्ण पोष्टमा खबर छ।