Sunday, 25, October, 2020 info@saipalnews.com

वार्ताका लागि २३ वटा असन्तुष्ट एवम् द्वन्द्वरत पक्षको पहिचान

काठमाडौ । सरकारले वार्ताका लागि २३ वटा असन्तुष्ट एवम् द्वन्द्वरत पक्षको पहिचान गरेको छ ।

यही भदौ ८ गते गठन गरेको राजनीतिक वार्ता टोलीले पहिलो चरणमा विप्लव नेतृत्वको नेकपासहित चार पक्षसँग छलफल गर्ने तयारी गरेको छ । विगतमा अधुरा रहेका सहमति एवम् परिवर्तित पछिल्लो अवस्थाको मूल्याङ्कन सहितको तयारी गरी वार्ताको आह्वान गरिएको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले सीआइएनसंगको कुराकानीमा बताउनुभयो ।

समितिलाई तीन महिनाभित्र काम सकेर सरकारलाई आवश्यक सुझाव सिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।