Wednesday, 02, December, 2020 info@saipalnews.com

पहिलो सेमिफाइलनमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काठमाडौ । साफ फुटबल च्याम्पियनसिपअन्तर्गत् पहिलो सेमिफाइलनमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ ।

दिउँसो पौने ४ बजे बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा प्रतिस्पर्धा हुनेछ । २५ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा आज हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर छ ।

अहिलेसम्म सेमिफाइनलभन्दामाथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसिपमा नयाँ इतिहास कायम गर्न सफल हुनेछ । पाँचौंपटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ ।

नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म ६ पटक खेलेका छन् ।

जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । आजै साँझ हुने दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् ।